तुलसीपुर,असोज १८ । दाङको दंगीशरण गाउँपालिका–५ मिरौलीमा करेन्ट लागेर एक जना किशोर घाइते भएका छन् ।
घाइते हुनेमा सोही ठाउँ निबासी १५ बर्षका विवेक चौधरी रहेको बुवा बुद्धीराम चौधरीले जानकारी दिए।
लु १ त ७६०८ नम्बरको टयाक्टरमा जर्कीनबाट डिजेल हाल्ने क्रममा विवेकलाई बिजुलीको नाङ्गो तारले छुँदा करेन्ट लागेको थियो ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
प्रकाशित मिति : २०७९ असोज १८ गते मङ्गलवार
