२०८२ असार ७ गते आइतवार

आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ,बैशाख १० । आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।

भारतको बिहारमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुका कारण देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पश्चिमी र मध्य क्षेत्रका पहाडी जिल्लामा असिना पानीको पनि सम्भावना रहेको छ । आज राति प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रि-मनसुनको समय भएकाले तत्कालै मौसम बद्ली भएर कुनै-कुनै ठाउँमा ठूलो पानी पर्ने सम्भावना हुन्छ । काठमाण्डौ उपत्यकामा पनि बेलुकापख पानी पर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *