
तुलसीपुर,बैशाख ९ । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ का वडा सदस्य रामबहादुर जिसीले असाहय एक बृद्ध महिलालाई खाद्यन्न सामाग्री सहयोग गरेका छन ।
तुलसीपुर – ३ दमारगाँउ निवासी पुतली नेपाली विगत केही दिनदेखि भोकै रहेको र सहयोगका लागि अपिल गरेको समाचार देखेपछि जिसी खाद्यन्न सामाग्री सहयोग गर्न पुगेको बताउँछन ।
‘खानका लागि केही पनि छैन भनि सहयोगको अपिल गरेको समाचार देखे,मेरो मन पग्लियो,उनले भने,’ असाहय दुखीहरुको दुःखमा मलहम लगाउन पाउँदा धेरै खुसी मिल्छ।’
त्यस अवसरमा जिसीले नुन ,तेल चामल ,दाल,चिनि लगाएतका खाद्यन्न सामाग्रीहरु सहयोग गरेको हुन ।
प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार