२०८३ असोज २९ गते बिहिवार

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गयाे

झापा,चैत २८ । झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा गएराति ट्रकको ठक्करबाट २९ वर्षीय सम्यम बजगाईँको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले ना ६ ख ६४५५ नम्बरको ट्रकले बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक बजगाईं गम्भीर घाइते भएका थिए । उनको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

ट्रक चालक फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *