२०८३ असोज २९ गते बिहिवार

ग्याँस सिलिण्डर पड्किएर घर जल्दा ३ बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक,चैत २१ । सिन्धुपाल्चोकमा खाना पकाउने ग्याँसको सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी हुँदा उनका १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङका साढे २ वर्षीया छोरी दिव्याको मृत्यु भएको हो ।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आगलागीमा मीनबहादुर पनि घाइते भएका छन् । उनको उपचार जारी छ ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *