दंगीशरण,चैत १५ । दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले महिलाहरु ब्यवसायमा जोडिनुपर्ने आजको आवश्यक्ता रहेको वताएकी छिन ।
ब्यवसाय भएमा घरको कामकाज संगसंगै ब्यवसाय पनि संगसंगै अगाडि बढाउँन सक्ने भन्दै आर्थीक रुपले बलीयो हुनसक्ने भन्दै महिलाहरु ब्यवसायीक बन्न अग्रसर हुनुपर्ने बताइन ।
आर्थीक भारले जहिले पनि पिडीत भएका महिलाहरुका लागि गाउँपालिकाले वडा वडामा ब्यवसायीक तालीम संचालन गरेको भन्दै यसलाई ब्यवसायीक तरीकाले संचालन गरेर लैजानुपर्ने बताइन ।
सिकेको सिपलाई ब्यवहारीक रुपमा कार्यान्वयन गरेमा मात्र सिकेको सिपले सार्थक्ता पाउँने भन्दै अवको समय महिलाहरु ब्यवसायलाई अंगाल्नुपर्ने बताए । वडा न.७ का महिलाहरुका लागि गुडिया कुसन बनाउँने तालीम समापन कार्यक्रममा उपाध्यक्ष वलीले यस्तो बताइन । दंगीशरण गाउँपालिकाको आयोजनामा भएको तालीममा १५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालीम समापनमा सहभागिहरुलाई १५ दिनको समय छोटो समय भएको भन्दै अवका दिनमा कुनै पनि महिलामुखी कार्यक्रम १ महिनाको हुनुपर्ने बताए । सिप सिकौँ आत्मनिर्भर बनौँ भन्ने मुल नाराका साथ आयोजना गरिएको गरीवी निवारणका लागि लघु उधम विकास कार्यक्रम ९मेड्पा० १५ दिने गुडिया कुसन बुनाई तालीमको गाउँपालिकाको आयोजना भएको हो । तालीमको प्रशिक्षकमा रेनु घर्ती रहेकि थिइन । तालीमको शहजीकरण गरीवी निवारणका लागि लघु उधम विकास कार्यक्रमको शुसीला डांगीले गरेकी थिइन ।
