२०८२ बैशाख ११ गते बुधवार

श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गर्ने श्रीमान् पक्राउ

काठमाण्डौ,फागुन २३ । भक्तपुरमा श्रीमान्ले श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षका श्याम गुभाजुले ६० वर्षकी श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका प्रहरीले जनाएको छ ।

तेजाब प्रहारबाट घाइते भएकी उनलाई कीर्तिपुरको बर्न अस्पतालमा उपचारका लागि लगिएको छ । तेजाब छ्याप्ने गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *