२०८२ बैशाख ११ गते बुधवार

मोटरसाइकल दुर्घटना हुंदा १ जनाको मृत्यु

पाल्पा,फागुन ५ । पाल्पाको रामपुर नगरपालिका–४ स्लामपुरमा गएराती मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा पछाडि सवार व्यक्तिको मृत्यु भएको छ ।

चालक भने घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ४२ बर्षीय प्रेम बहादुर सार्कीको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका चालक पाल्पा–५ बेझाडका ३५ बर्षीय जिवन श्रेष्ठलाई उपचारको लागी लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ ।

बुधबार राति ९ बजे प्रदेश ३ –०२–००८ प २९८५ नम्बरको मोटरसाइकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *