२०८१ माघ १३ गते आइतवार

घोराहीको जयशेरमा महायज्ञ सञ्चालन हुने

घोराही, २० पुस । घोराही उपमहानगरपालिका—६ मा रहेको जयशेर माबि रावतगाउँमा श्रीमत् भागवत धनधान्याञ्चल महायज्ञ सञ्चालन हुने भएको छ । बिद्यालयको सर्बांगीन बिकास र प्राबिधीक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन हुने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष खलुप्रसाद पुन मगरले जानकारी दिए ।

बिद्यालय ब्यबस्थापन समितिको हिजो बसेको बैठकले माघ २२ गतेदेखि फागुन १ गतेसम्म महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष पुन मगरले जानकारी दिए । महायज्ञ सञ्चालनलाई ब्यबस्थापन गर्न अध्यक्ष पुन मगरको संयोजकत्वमा मुल समितिको संयोजक तोकीएको छ ।

महायज्ञबाट संकलन भएको रकमले बिद्यालयको भौतिक बिकास तथा प्राबिधीक शिक्षा सञ्चालनमा खर्च गर्ने बिद्यालयले जनाएको छ । महायज्ञको कथा बाचकका रुपमा पण्डित अमृत शरण देब आचार्य रहने जनाइएको छ ।

प्रकाशित मिति : २०७५ पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *