दाङ, पुस १७ । तुलसीपुरमा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । पहिचान खुल्न नसकेका अन्दाजी ३६ बर्षको जस्तो देखिने एक जना पुरुष सोमवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बगरखोलामा घाइते अवस्थामा फेला परेका थिए । मुख र दाहिने खुट्टामा चोट ग्रस्त ती व्यक्तिलाई प्रहरीले उद्धार गरि अस्पताल पु¥याएको थियो ।
उनको उपचारका क्रममा राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचारका क्रममा मंगलवार विहान पौने ५ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घाइते अवस्थामा फेला परेका ती व्यक्तिले मदिरा सेवन गरेको अवस्थामा फेला परेको पनि प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ पुष १७ गते मङ्गलवार