२०८१ माघ ३ गते बिहिवार

करेन्ट लागेर मृत्यु

दाङ, पुस १३ ।
दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्वर १७ निवासी २८ बर्षीय शंकर चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चौधरी रा १ ख ४६८ बसको मालिक पनि हुन ।

शुत्रवार दिउँसो पौने तीन बजेरित घोराहीबाट जन्द्रागाउँतर्फ जादै गरेको उक्त बस रोकेर छतमा भएको सामान झार्ने क्रममा चौधरीलाई घोराही ६ चैनपुर भन्ने ठाउँमा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते चौधरीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

चौधरीले आवश्यक सावधानी अपनाउन नसक्दा उनलाई विस्तारित विजुलीको तारबाट करेन्ट लाग्न पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७५ पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *