२०८१ बैशाख १४ गते शुक्रवार

चोरीको स्कुटर गुरुङ पक्राउ

दाङ, पुस १० । स्कुटर चोरी गरेको अभियोगमा एकजना युवा पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १ भमके निवासी घनश्याम गुरुङलाई चोरीको मोटरसाईकल सहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

ईलका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीका अनुसार आइतवार दिउँसो ४ बजेतिर तुलसीपुर ८ दुधेना स्थित योगेन्द्र शाहको मिल अगाडि राखेको रा १ प ९१९१ नम्वरको निलो रंगको स्कुटर गुरुङले चोरेका थिए ।

गुरुङलाई तुलसीपुर ८ चन्द्रगंजको सडकमा स्कुटर सहित पक्राउ गरिएको प्रमुख शाहीले जानकारी दिएका छन् । पक्राउ परेका गुरुङ विरुद्ध चोरी मुद्धा दायर गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *