श्रीराम दहित
तुलसीपुर, ७ पुस । गायत्री परिवार तुलसीपुर दाङले राम्री दुर्घटनामा परी ज्यान गुमाउनेहरुको चिरशान्ति तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै महामृत्युन्जय मन्त्रद्वारा आहुती गरेको छ ।
विभिन्न दैवीप्रकोप आगलागी, आत्महत्या, हत्या, बलात्कारलगायतका कारण ज्यान गुमाएका पृत आत्माहरुको चिरशान्ति तथा रोग चोटपटकबाट घाइते बिरामीहरुको शिघ्र स्वास्थ लाभको कामना गरेको छ । समाजमा यस्ता घट्ने घटना रोगब्याध लगायतका गतिविधि बढ्नुमा हाम्रो अप्राकृतिक जीवनशैली अनुशासन नैतिकता धार्मिक आस्थामा ह्रास आउनु मुख्य कारण रहेको सहभागी भक्तजनहरुले विचार प्रस्तुत गरेका थिए ।
गायत्री परिवार दाङले सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस किसिमका कार्यक्रम गरिरहेको गायत्री साधक रुद्र बस्यालले बताए । गायत्री परिवार तुलसीपुरकी अध्यक्ष रुपा जिसी, व्यवसायी गायत्री साधक ओम बहादुर वली, पतंजली योग साधकहरु गोमा खनाल, लिना पुनलगायतका सहभागीहरुले समाज बढ्दै गएको विकृति दुव्र्यसनसम्बन्ीध सचेतना जगाउनु आजको आवश्यकता रहेको बताए । गायत्री परिवारको विधान अनुसार गायत्री साधक भिमार्जुन पौडेलले कर्मकाण्ड सञ्चालन गरेको उक्त गायत्री यज्ञमा चार दर्जन भक्तजनको सहभागिता रहेको थियो ।
गायत्री परिवार नेपालले थालेको विभिन्न नदी, सहर सफाई अभियान, योग प्रशिक्षण, कुरिती उल्मुलनका लागि स्वयंमले व्यवहारिक रूपमा पालना गरे मात्र स्वास्थ सभ्य र समृद्ध जीवन परिपूर्ण हुने गायत्री परिवार दाङका कोषाध्यक्ष श्रीराम दहितले बताए ।
गत शुक्रबार वीरेन्द्र चोकस्थित जुत्ता चप्पल पसल रहेको घरमा आगलागी हुँदा करोडौंको क्षति भएकोमा दुःख व्यक्त गर्दै पीडितको पीडामा गायत्री परिवार तुलसीपुर दाङले सामान्य मलहम पट्टि लगाउन आर्थिक संकलन गरिरहेको समाजसेवी ओमबहादुर वलीले जानकारी गराए ।