२०८१ माघ ९ गते बुधवार

ज्ञानज्योति २४ औ वर्षमा प्रवेश

तुलसीपुर, पुस २ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ वम्नैमा रहेको पब्लिक ज्ञानज्योति मावि २४ वर्षमा प्रवेश गरेको छ । विद्यालयले वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना समेत गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका शिक्षा संयोजक देवराज विकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वोल्दै उनले वालवालिकालाई सिकाईप्रति अभिरुचि जगाउने गरी अध्यापन गराउनुपर्ने कुरामा जोड दिए । विद्यालय वालिवालिकाको आधारभुमी भएकाले उनीहरुको मनोविज्ञानलाई सम्वोधन गर्नुपर्ने कुरामा उनले जोड दिएका थिए । प्रमुख अतिथि विकले विद्यालयले पश्चिम क्षेत्रको नमुनाका रुपमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेकोमा धन्यवाद समेत दिएका थिए । “वालवालिकाहरुलाई अध्यापन मात्रै भन्दा पनि अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्दछ” विकले भने । उनले वालमैत्री वातावरण निर्माणका लागि हरेक विद्यालयले ध्यान दिनुपर्ने वताए ।

विद्यालयका संस्थापक प्रधानाध्यापक टिकावहादुर जिसीले विद्यालयले सामाजिक उत्तरदायित्व वहन गरेर आफुले काम गरिरहेको वताउँदै शिक्षा क्षेत्रलाई समृद्ध वनाउनका लागि सधै लागिरहने प्रतिवद्धता व्यक्त गरेका थिए । “सानो कक्षाबाट सुरु भएको विद्यालय अहिले फाउन्डेसनका रुपमा रुपान्तरण भएको छ” उनले वताए ।

विद्यालयका प्राचार्य सुरेन्द्र जिसीले विद्यालयले अव प्राविधिक शिक्षामा जोड दिने वताउँदै यसैवर्षबाट विसिएको कक्षा आरम्भ गरेको समेत जानकारी दिए ।

कार्यक्रममा कार्यपालिका सदस्य दिपक कुमाल, तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्य,अभिभावक दुर्गा भुषाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट काम गर्ने विभिन्न शिक्षकहरुका साथै वार्षिकोत्सव समारोहमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । संस्थापक टिकावहादुर जिसीको सभापतित्वमा भएको कार्यक्रमको सहजिकरण शिक्षक भिमप्रसाद सुवेदीले गरेका थिए ।

विस २०५१ सालमा स्थापना भएको विद्यालय अहिले फाउन्डेसनका रुपमा रुपान्तरित भएको छ । अहिले फाउन्डेसले ९ वटा विद्यालयहरु सञ्चालन गरिरहेको शिक्षा निर्देशक विरेन्द्र जिसीदले वताए ।

प्रकाशित मिति : २०७५ पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *