पुष २ । दाङमा बस र मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।लमही नगरपालिका वडा नम्बर ६ कुलमोड स्थित नेपालगंज देखि घोराही तर्फ आउँदै गरेको ना ४ ख ९५६६ नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको रा ३ प ९६०४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा मोटरसाइकल चालक प्युठान सरुमैरानी गाउँपालिका प्यूठान बाङ्गेशाल निवासी ३० वर्षिय रेशम भुसालको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
शवलाई पोष्मार्टमको लागि शव गृहमा राखिएको छ । बस, बस चालक र मोटरसाइकल वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा रहेको छ ।
प्रकाशित मिति : २०७५ पुष २ गते सोमवार