२०८१ फाल्गुन ७ गते बुधवार

रहेनन् काँग्रेस नेता खत्री

दाङ, मंसिर १३ । दाङका एक जना काँग्रेस नेता रणबहादुर खत्रीको ७४ बर्षको उमेरमा निधन भएको छ । उनको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मजुवास्थित निवासमै बुधवार राति ११ः५५ बजे निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । खत्री साविक तुलसिपुर नगरपालिका वडा नं. २ बाट २ पटक नेपाली काँग्रेसको तर्फवाट निर्वाचित भएका थिए । खत्री स्थानीय निर्वाचन विक्रम संवत २०४९ र २०५४ निर्वाचित वडा अध्यक्ष हुन । व्लेड प्रेसर, सुगर लगाएतका रोगहरु बाट पीडित खत्रीलाई अन्तिम समयमा क्यान्सर भएको थियो । स्वर्गीय खत्रीको योगदानको कदर गर्दै काँग्रेसले उनको पार्थिव शरिरमा नेपाली काँग्रेसको झण्डा ओढाएर सम्मान गरेको छ ।

बिहीवार दिउँसो तुलसीपुर ४ मजुवास्थित घरमै काँग्रेस नेताहरु सुरेन्द्रबहादुर खड्का , कृष्णकुमार गिरी र वडा नं. ४ का कार्यवहाक सभापति गणेश वलीले पार्टीको झण्डा ओढायर श्रद्धाञ्जली व्यक्त गरेका थिए । खत्रीको निधनले पार्टीले एउटा असल अभिभावक गुमाएको नेता सुरेन्द्र खड्काले प्रतिक्रिया दिए । स्वर्गीय खत्रीको हिन्दुपरम्परा अनुसार विहीवार दिउँसो गोठिखोलास्थित गायाघाटमा अन्त्यष्टि गरिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *