२०७७ मङ्सिर १७ गते बुधवार

धारा घरमै पुगेपछि गृहणी दंग

 

दाङ,मंसिर १३ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर २ तकियापुरमा डिपवोरिङ मार्फत खानेपानीको व्यवस्थापन गरिएको छ । उपमहानगरपालिकाको १४ लाख सहयोगमा स्थानीय जनताले डिपवोरिङ निर्माण गरेको खानेपानी समितिमा अध्यक्ष मोहन डाँगीले जानकारी दिएका छन् । गाउँमा ३ सय ९ निजी र ९ वटा सार्वजनिक धारा वितरण गरिएको अध्यक्ष डाँगीले जानकारी दिए ।

यसैविच तुलसीपुरका नगरप्रमुख घनश्याम पाण्डेले विहीवार डिपवोरिङको स्वीच अनगरी पानी वितरणको उद्घाटन गरेका छन् । त्यसक्रममा उनले चुनावमा गरेको एक घर एक धाराको अभियान पुरा गर्न आफु लागेको वताएका थिए । ‘जनताको पानीखान पाउने संवैधानिक अधिकारको रक्षाका लागि हामी कटिवद्ध छौं’ पाण्डेले भने ।

उनले सिचाँईका लागि समेत डिपवोरिङ निर्माणलाई प्राथमिकतामा राखेको वताए । ‘हामी सिचाँईका लागि डिपवोरिङ बनाईदिन्छौं, तर, तपाईहरुले व्यावसायिक तरकारी खेती गर्नुपर्छ’पाण्डेले भने ।  उक्त कार्यक्रमका जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर तिलक न्यौपानेले योजना माग गर्ने तर त्यसलाई समयमै सम्पन्न नगर्ने पद्धति नहुँदा केयौ योजना अलपत्र परेको वताए ।

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष राजु आचार्य, खानेपानी समितिका पूर्व अध्यक्ष शालिकराम विक,पुर्व सचिव तिलक केसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

धारा घरमै पुगेपछि गृहणी दंग
डिपवोरिङको पानी धारा मार्फत घर घरमा पुगेपछि स्थानीय गृहणी महिला भने दंग भएका छन् । स्थानीय अमृता केसीले घरमा धारा पुगेपछि अब सार्वजनिक धारामा पानी लिन जाँदा खेप्नु पर्ने सास्ती र यातानको अन्त्य भएको भन्दै खुसी साटिन । स्थानीय गायत्रा वलीले घरमा धारा पुगेपछि सबै गाउँले महिला दिदी बहिनीहरु खुसी बनेको प्रतिक्रिया दिइन ।
‘सार्वजनिक धारामा नुहाउन, लुगाधुन निकै असजिलो थियो’, खुसी साट्दै उनले भनिन् ‘ अव आँगनमै धारा पुग्यो र त्यो अप्ठेरो यहाँका महिलाले भोग्नुपर्ने दिन समाप्त भए ।’ डिपवोरिङ मार्फत तकियापुर, खैरीपुर,मनिकापुर, झारगाउँ, बालापुर, लौवस्ता लगायतका गाउँका स्थानीय उपभोक्तालाई पानी वितरण गरिएको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *