२०८१ मङ्सिर १८ गते मङ्गलवार

भूकम्पपीडितले गरे रकम फिर्ता

धादिङबेशी, १० मङ्सिर।   सरकारबाट घर बनाउन रकम लिएका धादिङका एक भूकम्पपीडितले सरकारबाट लिएको रकम नै फिर्ता गरिदिएका छन् । नीलकण्ठ नगरपालिका–९ मुरलीभञ्याङका चेतनाथ लम्सालले आफूले लिएको रु ५० हजार फिर्ता गरेका छन  ।

राष्ट्रिय प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईमा गएर लम्सालले रकम फिर्ता गरेका हुन्  । घर बनाउन आफूसँग उपयुक्त घडेरी र पर्याप्त रकम नभएकाले सरकारबाट लिएको रकम फिर्ता गरिदिएको लम्सालले बताए । यसअघि धादिङबेशी बीचबजारका डिलबहादुर श्रेष्ठले सरकारबाट लिएको रु ५० हजार फिर्ता गरेका थिए ।

धादिङमा ८३ हजार लाभग्राही रहेकामा ३० हजारले घर पूर्णरुपमा बनाएर तेस्रो किस्ता लिइसकेको र लाभग्राहीमध्ये ३० हजारले पहिलो किस्ता लिएर पनि अझै घरको जगसमेत हालेका छैनन् । लाभग्राहीको नामावलीमा नाम नभएका १८ हजारले निवेदन हालेका छन् । सरकारले आउँदो पुस मसान्तसम्म रकम लिएर घर नबनाएकालाई पैसा फिर्ता गर्न सूचना जारी गरेको छ ।

प्रकाशित मिति : २०७५ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *