दाङ, मंसिर ८ । धान दाउन प्रयोग गरिएको थ्रेसर मेसिनमा परेर दाङमा एक बालिकाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मजगाउँ निवासी ७ बर्षीया विपना चौधरीको धान दाउन प्रयोग गरिएको थ्रेसर मेसिनमा परेर मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी प्रेमबहादुर शाहीले शुक्रवार राति सवा ९ बजेतिर लु २ त ५७२८ नम्बरको ट्याक्टरमा धान दाउन प्रयोग हुने थ्रेसरको पंखामा ७ चौधरीले लगाएको कपडा लटपिटएर गम्भीर घाइते भएकी थिइन । राति नै उनलाई तुलसीपुरस्थित राप्ती अंचल अस्पतालमा उपचार पछि थप उपचारको लागि बाँकेको कोहलपुर तर्फ रेफर गरिएको थियो ।
तर त्यहाँबाट पनि थप उपचारको लागि भारतको लखनउ हस्पिटलमा रेफर गरिएपछि ७ बर्षीया विपना चौधरीको त्यहाँ लैजाँदै गर्दा बाटो मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७५ मङ्सिर ८ गते शनिवार