तुलसीपुर, चैत १८ । जिल्ला प्रहरी कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं. २ का वडा सचिव नारायण आचार्य पक्राउ गरेको छ । वडा सचिव आर्यालेले घोराहीको वडा नं. १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ गणेपुरकी २० बर्षीया नर्स सृजना खड्कालाई घरवाट निकालेको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको हो ।
खवर सार्वजनिक भए लगतै वडा सचिव आचार्यलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
घोराही स्थित एक निजी हस्पिटलमा कार्यरत नर्स खड्का गत मंसिरदेखि साथीहरु संगै मिलेर आचार्यको घरमा भाडामा बस्दै आएकी थिइन । आचार्यले घरवाट निकालिएपछि चैत १५ गतेदेखि आफु घोराहीस्थित एक होटेलमा बस्दै आएको खड्काले बताइन ।
यो पनि पढ्नुहोस
वडा सचिवले कोरोनाको त्रासले नर्सलाई घरबाट निकाले
प्रकाशित मिति : २०७६ चैत्र १८ गते मङ्गलवार