२०८१ फाल्गुन २ गते शुक्रवार

विद्यालयको अनुगमन

दाङ, ७ मसिर ।

जिल्ला समन्वय समिति, शान्ति नगरगाउँपालिका र अन्य सरोकारवालाले गाउँपालिकाका चारवटा विद्यालयको अनुगमन गरेको छ । समाजमा वातावरणीय शिक्षाको विकास सीड संस्थाले शान्तिनगर गाउँपालिकामा सामुदायिक विद्यालयमा ‘गुणस्तरीय शिक्षामा पहँुच अभिवृद्धि’ कार्यक्रम गर्दै आएको छ । त्यो कार्यक्रमको बिहीबार अनुगमन गरिएको हो ।

कार्यक्रम सञ्चालनसँगै विद्यालयमा सुधार आएको संस्थाले दाबी गरेको छ । अनुगमन टोलीले विद्यालयमा विद्यार्थीको संख्या कमजोर अवस्था भएको फेला पारेको थियो । पछिल्लो समय सामुदायिक विद्यालयले नयाँ प्रविधि, निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न नसक्दा एकपछि अर्को गर्दै साुमदायिक विद्यालयमा विद्यार्थी संख्या रित्तिदै गएको अवस्था छ ।

राज्यले शिक्षाले लगानी गरे पनि त्यो बालुवामा पानी हालेजस्तै भएको छ । ‘राज्यले लगानी गरेको छ । तर सामुदायिक विद्यालयमा विद्यार्थी संख्या दिनप्रतिदिन कम हुँदै गएको छ’ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भने ‘अब हाम्रो शिक्षा प्रणालीमा सुधार गरेर जानुपर्छ ।’ उनले सामुदायिक विद्यालयको शिक्षा सुधारको लागि शिक्षक, अभिभावक र विद्यार्थीको भूमिका भएको बताए ।
‘अब एकले अर्काले दोष दिएर हाम्रो शिक्षास्तर बढ्न सक्दैन’ उनले भने ‘सबै मिलेर कमजोर भएको ठाउँमा सुधार गरेर जानुपर्छ ।’ त्यसैगरेर शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले पनि गुणस्तरीय शिक्षाको लागि सबै गम्भीर बन्नुपर्ने बताए ।

अनुगमन टोलीले विद्यालयमा विद्यार्थीको संख्या कमजोर अवस्था भएको फेला पारेको थियो । पछिल्लो समय सामुदायिक विद्यालयले नयाँ प्रविधि, निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न नसक्दा एकपछि अर्को गर्दै साुमदायिक विद्यालयमा विद्यार्थी संख्या रित्तिदै गएको अवस्था छ ।

‘स्थानीय सरकारले शिक्षा क्षेत्रलाई विशेष महत्व दिएको छ । त्यो अनुसार योजनासमेत ल्याएको छ’ अध्यक्ष डाँगीले भने ‘तर त्यो परिणाम अझै आउन सकेको छैन ।’ उनले कमजोर पक्षलाई सुधार गरेर अघि बढ्न विद्यालयका प्रधानाध्यापक, विव्यसलाई निर्देशन समेत दिए । दंगीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरीले पनि सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि सबै क्षेत्रको सहयोग आवश्यक भएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख नेपालीको नेतृत्वमा गएको टोलीले बाल कल्याण आधारभूत, हात्तीखाल प्रावि, आदर्श आधारभूत विद्यालय र माध्यमिक विद्यालय तुलसीपुर शान्तिनगर–७ को अनुगन गरेको थियो । अनुगमनमा शान्तिनगर गाउँपालिका प्रमुख कमानसिंह डाँगी, दंगीशरण गाउँपालिका प्रमुख भागीराम चौधरी शान्तिनगर गाउँपालिका उपाध्यक्ष मिथिला शाह, प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसी, शिक्षा समन्वय इकाईका शाखा अधिकृत भिमप्रसाद पोख्रेल र वडा अध्यक्ष, सिड संस्थाका अध्यक्ष तथा कर्मचारीको सहभागिता थियो ।

 

प्रकाशित मिति : २०७५ मङ्सिर ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *