२०७७ फाल्गुन २४ गते सोमवार

आगलागी बाट ३ बर्षीय बालकको मृत्यु

दाङ, मंसिर ५ । रोल्पा जिल्लास्थित एक घरमा आगोलाग्दा एकजना बालकको जलेर मृत्यु भएको छ । जिल्लाको रुन्टिगढी गाउँपालिका वडा नं. ४ मसिना निवासी भिमबहादुर पुनको घरमा आगो लाग्दा उनका ३ बर्षीय छोरा विशला पुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख एवं डिएसपी दिपक खड्काले मंगलवार बेलुका ६ बजेतिर पुनको फुसले छाएको एक तले कच्ची घरमा आगोलाग्दा घर भित्रै सुतिरहेका बालकको मृत्यु भएको जानकारी दिए । आगलागी बाट घर भित्र रहेका अन्तपात, लत्ता कपडा, भाँडा वर्तन सबै जलेर नष्ट भएको छ ।

प्रहरी र स्थानीयको क्रियासिलतामा आगो सात बजेतिर नियन्त्रणमा आएको थियो । रोल्पा प्रहरीको संचारशाखामा कार्यरत घनश्याम बुढाथोकीले दिएको जानकारी अनुसार जलेर मृत्यु भएका बालकको शव पोष्ट मार्टमाको लागि जिल्ला अस्पतालमा राति नै पुगाइएको थियो ।

प्रकाशित मिति : २०७५ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *