२०८१ असोज २४ गते बिहिवार

कटाँहाको विद्यालयमा ब्यबस्थापन समिति चयन


तुलसीपुर, माघ ९ । आधारभुत बिद्यालय कटाँहामा सर्बसहमतिमा नयाँ ब्यबस्थापन समिति चयन गरिएको छ । विहीवार भएको अभिभावकहरुको भेलाले हिमराज वलीलाई ब्यबस्थापन समितिको अध्यक्षमा चयन गरेको हो।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विरबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर ११ नम्बरका वडा सदस्य सुबास डाँगीको प्रमुख आतिथ्यमा भेला भएको हो ।

भेलाले विद्यालयके सदस्यहरुमा अभिभावकको तर्फबाट ढगबहादुर मल्ल, शिबा कुमारी भण्डारी, गीता केसी, बिद्यालयका संस्थापक तथा समाजसेवी तर्फबाट तुलाराम डाँगी, शिक्षा प्रेमिका तर्फबाट तेजकुमारी चन्द, शिक्षक प्रतिनिधि तेजबहादुर डाँगीलाई चयन गरेको छ ।

बिद्यालयका प्रधानाध्यापक टंक भण्डारी पदेन सदस्य सचिब रहेका छन् । त्यसैगरी हितकुमारी चौधरीको अध्यक्षतामा शिक्षक अभिभावक संघपनि गठन गरिएको छ । जसको सदस्यमा अभिभावकको तर्फबाट झरना चौधरी, इन्द्रा चौधरी, जुगरी चौधरी, सीता नेपाली, मेघराज पुन, शिक्षकको तर्फबाट थम्मनबहादुर चन्द, ओमप्रकाश गिरी र टंकबहादुर भण्डारी रहेका छन् ।

प्रकाशित मिति : २०७६ माघ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *