घोराही, माघ ४ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका आर्थिक प्रसाशन प्रमुख कैलाशप्रसाद देबले जेष्ट नागरिकलाई आर्थिक सहयोग गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १६ तेरौटेको बृद्धाआश्रममा रहेका जेष्ट नागरिकलाई देबले अतिरिक्त काम अन्तरगत सामाजिक ईकाइ प्रमुखकारुपमा पाउने ५ हजार भत्ता मध्ये कर कट्टि गरेर हुन आउने ४ हजार २ सय ५० रुपैंया सहयोग गरेका छन् ।
उनले पुस महिनादेखि असार महिनासम्म यो सहयोग जारी राख्ने प्रतिवद्धता जाहेर गरेका छन् । सामाजिक सेवा ईकाइका प्रमुख समेत रहेका देवले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आफुले जेष्ट नागरिकलाई निरन्तर उक्त सहयोग गर्ने बताएका छन् ।
सप्तरी जिल्लाका स्थायी बासिन्दा देव हाल कर्मचारीको सिलशिलामा दाङमा बस्दै आएका छन् । शनिवार बृद्धआश्रममा आयोजिता कार्यक्रममा पत्रकार महासंघका पदाधिकारीका सामुन्ने उनले त्यस्तो प्रतिवद्धता जाहेर गरेका हुन । जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।
बुद्धाआश्रममा पुसदेखि असारसम्म नियमित रुपमा मासिक रुपमा आर्थिक सहयोगको घोषणा गर्ने प्रतिष्ठानका आर्थिक प्रसाशन प्रमुख देबलाई नेपाल पत्रकार महासघ दाङका अध्यक्ष सबिन प्रियासन लगाएले धन्यवाद ज्ञापन गरेका थिए । सबै क्षेत्रवाट जेष्ट नागरिकलाई सहयोग गरिदिन बक्ताहरुले आग्रह समेत गरेका छन्।