२०८२ असार २४ गते बुधवार

जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


यमकला भुसाल,
तुलसीपुर, पुस २४ ।तुलसीपुरका जेष्ठ नागरिकलाई न्यायो कपडा वितरण गरिएको छ । उपमहानगरपालिका वडा नं. ५ का पाँच वटा टोल विकास संस्थाका २० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

बिहीवार तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष बिरेन्द्रकुमार शाह र त्रिशिद्देश्वरी राप्ती यातयात प्रालीका अध्यक्ष सुरेश हमालले एक कार्यक्रमका बीच सयुंक्त रुपमा जेष्ठ नागरिकलाई सम्मान स्वरुप जाडोको कपडा बितरण गरिएको हो ।

चिसो बढेपछि जेष्ठ नागरिकलाई न्यानो कपडा बितरण गरिएको अध्यक्ष शाहले बताए । कार्यक्रममा त्रिशिद्देश्वरी राप्ती यातयात प्रालीका अध्यक्ष हमालले चिसोमा न्यानोसंग बस्न, जेष्ठ नागरिकको मनोवलमा सकारात्मक सोचको बिकास गर्न जेष्ठ नागरिकको सम्मान स्वरुप न्यानो कपडा वितरण गरिएको तर्क गरे ।

प्रकाशित मिति : २०७६ पुष २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *