झग्गु भण्डारी,
तुलसीपुर, पुष ५ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकालले टोल विकास संस्थाहरु बलियो भएमात्र वडा बलियो हुने बताए । आज शनिवार विकासपुर टोल विकास संस्थाको नवनिर्मित भवन उद्घाटन गर्दै वडाध्यक्ष ढकालले आफु निर्वाचित भएर आईसकेपछि प्रत्येक वडाहरुमा विकास निर्माण तिव्र रुपमा भएको भन्दै उनले वडालाई बलियो बनाउन टोलहरु बलियो हुनु पर्ने बताए ।
विकासपुर टोल विकास संस्थाका अध्यक्ष परबिर रोकाको सभापतित्वमा एवं ढकालको प्रमुख आथित्यतामा भएको कार्यक्रम भएको थियो ।
करिब ८ लाखको लागतमा निर्माण सम्पन्न भएको भवन उद्घाटनका क्रममा नेकपाका मुक्ति भट्टराई , नेपाल तरुण दलका मुक्ति प्रसाद न्यौपाने , टोलका संस्थापक अध्यक्ष नर बहादुर बुढा , नेपाल शिक्षक संघका कुल बहादुर डांगी, पुर्व अध्यक्ष मोतिराम वली , महिला सदस्य गिता सिंह ठकुरी , शिवज्योती टोल विकास संस्थाका अध्यक्ष भिम बहादुर वली , अमृतनगर टोल विकास संस्थाका अध्यक्ष भागीराम थापा, शिवशक्ति टोलका केशव वली लगाएतका आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक दलबीर रोका, भवन निर्माणको क्रममा सहयोग गर्ने सहयोगीहरूलाई सम्मान गरीएको थियो । संस्थाका उपाध्यक्ष कुल बहादुर विकको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिब अशोक कुमार बुढ़ामगर गरेका थिए ।