२०८१ असोज २४ गते बिहिवार

शान्तिनगरमा कपडा तथा सिलाई व्यवसाय संघ गठन


प्रेम पुन ,
शान्तिनगर, ५ पुस । पश्चिम दाङको शान्तिनगरमा नेपाल कपडा तथा सिलाई व्यवसाय संघको शाखा गठन गरिएको छ । शनिबार राजु परियारको अध्यक्षमा ११ सदस्यीय नेपाल कपडा तथा सिलाई व्यवसाय संघ शान्तिनगर शाखा गठन गरिएको हो । जसको उपाध्यक्षमा जानकी नेपाली, सचिवमा देवा विक, कोषाध्यक्षमा गुमानसिंह परियार, सहसचिवमा माधुरी वली रहेका छन् ।

त्यस्तै सदस्यहरूमा कमला विष्ट, गीता पुन र टंक परियार रहेका छन् । यस्तै कर्ण बहादुर परियारको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । जसको सदस्यमा सीता रोका र ओपेन्द्र परियार रहेका छन् । सिलाई व्यवसायी कर्ण बहादुर परियारको अध्यक्षतामा कार्यक्रममा बोल्ने बक्ताहरूले सिलाई व्यवसायी एकजुट भई गुणस्तरीय सेवामा ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै नेपाल कपडा तथा सिलाई व्यवसाय संघ प्रदेश संयोजक सुरेन्द्र परियारले परम्परागत सिलाई पेशालाई व्यवस्थित गर्दै आधुनिक तरिकाले व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका परियारले सिलाई व्यवसायमा पछिल्लो समय परियार समुदाय मात्र नभई अन्य समुदायका मानिस पनि आकर्षित भएको भन्दै सबै एकजुट भएर जानुपर्ने धारणा राखेका थिए ।

जिल्ला अध्यक्ष चूर्ण नेपाली पेशागत हकहितका सिलाई व्यवसायीहरूको एकता आवश्यक रहेको बताए । कार्यक्रममा संघका पूर्व अध्यक्ष कोमल परियार, तुलसीपुर नगर अध्यक्ष सुरेश परियार, दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखाका अध्यक्ष ज्ञानेन्द्रराज शर्मा, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य खड्ग बहादुर सुनारलगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए । राजु परियारको स्वागत मन्तब्य सुरू भएको कार्यक्रम सहजीकरण हिमाल विकले गरेका थिए ।

प्रकाशित मिति : २०७६ पुष ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *