२०८१ बैशाख ७ गते शुक्रवार

करेन्ट लागेर मजदुरको मृत्यु

दाङ।
दाङमा शनिवार करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ६ राजीपुरा निवासी २६ बर्षीय शंकर चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
चौधरीलाई विहान घोराही उपमहानगरपालिका ४ गोग्लीमा घर निर्माण गर्ने क्रममा करेन्ट लागेको थियो । गम्भीर घाईते चौधरीलाई अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याए लगतै चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०७५ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *