शरद रेग्मी,
तुलसीपुर,मंसिर २४ । सानीमा बंैक तुलसीपुर शाखाले टरिगाउँ बिमानस्थल परिसरको सरसफाई गरेको छ ।मंगलवार बैंकका कर्मचारीले सरसफलाई गरेका हुन । एयरपोर्टमा यात्रुहरुको चाप दिनानुदिन बढदै गएको र त्यसले फोहरपनि बढ्न थालेको हुँदा सरसफाई गरिएको बैंकका प्रबन्धक योगेश मल्लले जानकारी दिए ।
यसैबीच बैंकले आठ थान डष्टबिनपनि एयरपोर्ट परिशरमा राख्नको लागि उपलब्ध गराएको छ । नागरिक उडयन कार्यालय दाङलाई हस्तान्तरण प्रदान गरिएको प्रवन्धक मल्लले बताए । नागरिक उड्यन कार्यालय तुलसीपुरले एयरपोर्टमा प्लाष्टिक निशेध गरिने बताएको छ।
प्रकाशित मिति : २०७६ मङ्सिर २४ गते मङ्गलवार