दाङ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुक्रवार दङ्गिशरण गाँउपालिकाको कार्यालयमा समुदाय –प्रहरी पालिका समिति गठन गरिएको छ । समुदायमा प्रहरी र समुदाय बीचको सहकार्य सकारात्मक रुपले अगाडि बढाउने उदेश्यले उक्त समुह गठन गरिएको हो ।
गाउँपालीकाका अध्यक्ष भागिराम चौधरीको सयोंजकत्वमा १६ सदस्य समिति गठन गरिएको छ । जसको सह–सयोंजकमा गाउँपालिकाका उपाध्यक्ष पिमाकुमारी खड्का रहेकी छन् । त्यस्तै सदस्य सचिवमा ईलाका प्रहरी कार्यालय हेकुलीका प्रहरी नायव निरीक्षक जिवनबिक्रम शाह,सदस्यहरुमा वडा न. ४ का अध्यक्ष नेवबहादुर कुवँर मगर, ईप्रका हेकुलीका प्रहरी सहायक निरीक्षक माधवकुमार श्रेष्ठ ,स्वास्थ्य सस्ंथाका बासुदेव चौधरी,आमा समूह बाट उमा बस्नेत,बसन्ती वली,बिरेन्द्र माबी हेकुलीका प्रधानअध्यापक खिमराज खनाल,संचारकर्मी दिप्तीशिखा चौधरी लगाएतका छन् । गाउँपालिकाका प्रशासकीय अधिकृत मार्शलकुमार वलीको अध्यक्षता समिति गठनको कार्यक्रम भएको हो ।