२०८१ असोज २५ गते शुक्रवार

तुलसीपुरमा तरुण दलको रक्तदान


दाङ,कात्तिक १० । आफ्नो ६६ औँ स्थापना दिवसकै अवसरमा नेपाल तरुण दल तुलसीपुर उपमहानगरपालिका वडा नं ५ ले रक्तदान कार्यक्रम गरेको छ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा रहेको कालिका रक्त सेवा केन्द्रमा तरुण युवाहरुले गरेर रक्तदान गरेका हुन ।

अस्पतालमा रगत अभाव हुन नपावस र कोहीपनि रगतको अभावनमा मृत्युको मुखमा पुग्न नपरोस भन्ने हेतुले रक्तदान गरिएको वडा अध्यक्ष सुनिलबाबु डाँगीले बताए ।

वडा नं ५का अध्यक्ष डाँगी, दिपसन केसी, उज्वल चौधरी, नवराज खड्का, नविन केसी, मौसमनाथ योगी, यमबहादुर वली,सन्तोष रावत,रोहन बस्नेत,गोपाल वली र प्रमोद केसी गरि त्यसक्रममा १२ जना युवाहरुले रक्तदान गरेका थिए । रक्तदान जीवन दान भन्ने मान्नेतालाई आत्मसाथ गर्दै नेपाल तरुण दलले स्थापना दिवसमा रक्तदान कार्यक्रम गरेको वडा अध्यक्ष डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ कार्तिक १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *