२०८१ असार ३१ गते आइतवार

धारापानी सामुदायीक बनको २१ औँ साधारण सभा

यमकला भुसाल,
तुलसीपुर,असोज ३०। धारापानी सामुदायीक बन उपभोक्ता समुहको २१ औँ साधारण सभा सम्पन्न भएको छ । बिहिवार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका वडा नं ७ मटेरामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

धारापानी सामुदायीक बन उपभोक्ता समुहका अध्यक्ष नन्दा जिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का सदस्य रामबहादुर जिसीले सबैको साझा सम्पत्तीका रुपमा रहेको बनको सरक्षणमा सबै एक हुनु पर्ने बताए । उनले भने,–बनलाई जोगाउन पहिले सरसफाईलाई निरन्तरता दिनुपर्छ र आगलागीबाट बचाउन बनमा सालका रुखहरु भन्दा जडिबुटीका रुखहरु रोप्नु उचित मानिन्छ ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधि तिर्थराज केसी,नेकपाका कृष्ण पोख्रेल,जनमोर्चा तुलसीपुर नगरका अध्यक्ष श्याम पोख्रेल,गणेशपुर सामुदायीक बनमा उपाध्यक्ष भागिराम भण्डारी,नवविहानी सहकारी सस्थाका शुक्रराज पोख्रेल,महिला सशक्तीकरण सहकारी सस्थाकीअध्यक्ष ललिता कडेँल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

२१ औँ साधारण सभाको अवसरमा धारापानी सामुदायीक उपभोक्ता समुहले समुहका सदस्य जेष्ठ नागरिक लोकमणी रिजाल र बनका चौकीदार महाविर बस्नेतलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा कोषाध्यक्ष ढुना भुसालले आयव्यय प्रस्तुत गरेकी थिइन् । सदस्य ललिता जिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सरस्वती बाठाले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७६ असोज ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *