तिर्थराज ज्ञवाली,
मसुरीया,असोज २८ । राप्ती गाउँपालिका गाउँकार्यपालिकाले होमस्टे सञ्चालन गर्न पाँचलाख रकम सहयोग गर्ने निर्णयपनि गरेको छ ।बगासोतीमा होमस्टे सञ्चालन गर्न उक्त रकम सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता विद्याशरण चौधरीले बताए । मंगलवारको गाउँकार्यापालिका बैठकले गाउँपालिकाको मुख्य मुख्य स्थानमा सिसी टिभी जडान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले मुख्यमन्त्री कप फुटवल प्रतियोगीता गर्न रकम विनियोजन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको आर्थिक वर्षको चौथो बैठकले विभिन्न दशवटा निर्णय गरेको छ । जसमा पुराना घर नक्सा अभिलेखीकरण गर्ने प्रक्रियालाई निरन्तरता दिने, मच्छिताल उर्जा सिंचाई सञ्चालन प्रक्रिया अघि बढाउने, प्रहरी चौकी तथा स्वास्थ्य संस्थाको जग्गा संरक्षण तथा स्थान छनौट गर्ने, समायोजनमा रहेका अनमी स्वास्थ्य कर्मीलाई जिम्मेवारी प्रदान गर्ने, थारु संस्कृति संरक्षणका लागि रकम विनियोजन गर्ने, नयाँ उपलब्धि मुलक स्थानको जानकारी तथा नियमन गर्ने लगाएतका निर्णय गरेको छ । त्यसैगरी बैठकले यस आर्थिक वर्ष देवीकोट–करङ्गेकाट बाटो मर्मतसुरु गर्ने निर्णय पनि गरेको छ ।
गाउँपालिका बैठकले गरेका निर्णयहरुको कार्यान्वयन गर्न प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्माले सरोकारवाल सबैलाई पत्राचार गरिसकेको जानकारी दिए ।