तुलसीपुर, असोज १६। नेपाल दलित विद्यार्थी संघ दाङले बाह्रकुने दहमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । संघका अध्यक्ष कलसिंह विश्वकर्माको अध्यक्षता तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जोगेन्द्र विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागिले पछिल्लो पुस्ताकै कारण रितिरिवाज संस्कृति हराउँदै जान थालेको भन्दै चाडपर्वलाई सभ्य बनाउनुपर्ने जोड दिएका छन् । प्रमुख अतिथि विश्कर्माले चाडपर्वमा देखिएको विकृतिको अन्त्यमा जोड दिनुपर्ने बताए । उनले चाडपर्व मनाउने शैली फेरिदै जाँदा संस्कृति र परम्परा लोप हुने अवस्थामा पुगेको बताए ।
कार्यक्रममा तरुणदल दाङका अध्यक्ष टिका घर्ती, नेपाल दलित दाङका अध्यक्ष बाबुराम बिक, नेपाल विद्यार्थी संघ दाङका कार्यबहाक अध्यक्ष टोपबहादुर केसी, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य सुवास डाँगी लगायतले चाडपर्व र संस्कृति बचाउन युवाको दायित्व महत्वपूर्ण हुने बताए । कार्यक्रमको सहजीकरण नेपाल दलित विद्यार्थी संघ दाङका सदस्य अनिल परियारले गरेका थिए ।