यमकला भुसाल,
तुलसीपुर, असोज १४ ।नेपाली काग्रँेसका क्रियाशिल सदस्य एवं प्रजातान्त्रिक सेनानी खगेश्वर उपाध्याय मज्गैयाको १३ औँ दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काग्रेँस साविक बिजौरी गाविसको आयोजनामा मगंलवार तुलसीपुर १८ बिजौरी स्थित एक कार्यक्रमका बिच स्वर्गीय मज्गैयाको निवासमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो । नेपाली काग्रँेस साविक बिजौरीका इकाई सभापति हिमबहादुर डागीँको अध्यक्षता तथा नेपाली काग्रेँसका जिल्ला सभापति कृतिबहादुर खड्काको प्रमुख आतिथ्यतामा एवं नेका क्षेत्र नं २ का सभापति भुपबहादुर डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले भने,– स्वर्गीय मज्गैया एउटा क्रान्तिकारी व्यक्तीत्व हो,नष्ठा र विचारले गर्दा उहाँको व्यक्तीत्व माथी उठेको थियो । स्वर्गीय मज्गैयाले समाजमा देखाएका निष्ठा र व्यबहार अनुकरणीय भएको भन्दै प्रमुख अतिथि खड्काले उहाँले देखाएको बाटोमा हिड्न सके मात्र सच्चा श्रद्धाञ्जली हुने पनि बताए ।
कार्यक्रममा विशिष्ट अतिथि भुपबहादुर डाँगीले प्रजातन्त्र सेनानी एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा समेत रहनुभएको स्वर्गीय मज्गैयाको निधनले पार्टी र समाजमा अतुलनीय क्षती पुगेको बताए । सो अवसरमा नेपाली काग्रेँस क्षेत्र नं २ ख का सभापती कमल प्रसाद गौतम,क्षेत्र नं २ सचिव बद्रिकुमार खड्का,सहसचिव प्रकाश सुबेदी,नेविसघं नेता बिदुरराज गौतम,प्रजातन्त्र बिचार समाज प्रदेश नं ५ का सयोजंक शखंर दिवस मज्गैया,नेकपा प्रदेश ५का कमिटि सदस्य लेखराज रेग्मी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरि स्वर्गीय खगेश्वर मज्गैयाको सम्झनामा परिवारले अक्ष्यकोष स्थापना गरेको छ । प्रजातन्त्रका सेनानीहरुलाई सम्मानका लागी परिवारले नेपाली काग्रेँस साविक बिजौरीको इकाई समितिलाई रु.२५ हजार रुपैया हस्तान्तरण समेत गरेको छ ।
कार्यक्रममा धन्यावाद ज्ञापन स्वर्गीय मज्गैयाका भतिजा यज्ञराज शर्मा मज्गैयाले गरेका थिए भने कार्यक्रमको सहजीकरण इकाई रविराज गौतमले गरेका थिए । स्वर्गीय मज्गैया २००५ सालमा बुबा दुर्गाप्रसाद मज्गैया र आमा देवा मज्गैयाको कोख जन्म भएको थियो ।