दाङ, असोज ११ । .शुक्रबार घोराही स्थित राप्ती साहित्य परिषद्को सभाहलमा स्कूले विद्यार्थी भेला भए । एकै छिनमा उनीहरुको हातमा कापी र कमल थमाईयो । त्यो संगै तीन वटा शिर्षक, ‘म एक देशभक्त, बनौँ स्वावलम्वी र वाताबरण’ यी तीन शिर्षक मध्य आफुलाई मन परेको एक शिर्षकमा कविता लेख्न भनियो । आधा घण्टाकै विचमा उनीहरुले सुन्दर कविता तयार पारे अनि ती कविता वाचन गरे ।
राप्ती साहित्य परिषद्का केन्द्रिय अध्यक्ष पुषोत्तम खनालले परिषदमा स्थापना गरेको निमादेवि खनाल स्मृति बाल प्रतिभा पुरस्कारका लागि आयोजना गरिएको कार्यक्रममा साना विद्यार्थीले सहभागिता जनाएका थिए । ठाउँको ठाउँ कविता लेखेर दिपशिखा आवासीय मावि घोराहीकी एन्जीलिना डाँगी प्रथम भईन् । माउण्ट भ्यूकी अतिशा पोख्रेल द्धितिय र नारायणपुर स्थित पशुपति विद्याश्रमकी अनिता वलीले तृतिय स्थान हासिल गरिन । कार्यक्रममा माउण्ट भ्यूका सिद्धान्त अधिकारीले सान्त्वना स्थान प्राप्त गरे ।
‘साहित्यप्रति बालबालिकाको क्षमता पहिचान र प्रतिभालाई अगाडी बढाउन सहयोग पुगोस भनेर त्यो े कार्यक्रमको आयोजना गरिएको थियो ।
शाखा अध्यक्ष नगेन्द्र गुरुको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेखक संघका अध्यक्ष खगराज शर्मा, शारदा शर्मा लगाएतले मनतब्य राखेका थिए ।