२०८१ साउन ६ गते आइतवार

जन्मदिनमा बृद्धाआश्रममा खाद्यान्न तथा फलफूल वितरण


झपु बुढा क्षेत्री,
हापुरे, असोज ५ । हापुरेका एकजना व्यक्तिले आफ्नो छोराको जन्मदिनमा बृद्धाआश्रममा गएर फलफूल तथा खाद्यान्न वितरण गरेका छन् । स्थानीय ब्यबसायी खुमबहादुर खड्काले आफ्नो छोरा धिरजप्रताप खड्काको जन्मदिन बृद्धा आश्रममा फलफूल तथा खाद्यान्न वितरण गरेर मनाइ दिएका हुन ।

झन्डै १५ हजार बराबरको विभिन्न खाद्यान्न तथा फलफूल घोराहीको तेरौटेस्थित बृद्धाआश्रममा लगेर वितरण गर्दै जेष्ट नागरिकको आर्शिवाद लिदै जन्म दिन मनाइएको खड्का परिवारले जानकारी दिएको छ । दाल, चामल, आटा, खाने तेल तथा विभिन्न फलफूल बृद्धा आश्रममा लगेर वितरण गर्दै छोराको जन्मदिन मनाइ दिएको बुवा खुमबहादुरले बताए ।

प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *