तुलसीपुर, असोज ३। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको चार वर्ष पूरा भएको छ । यसै अबसरमा दाङको बिजौरीमा दिप प्रज्वलन कार्यक्रम गरिएको छ । शनिबार बिजौरी उधोग बाणिज्य संघको आयोजनामा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।
बिजौरी उधोग बाणिज्य संघका अध्यक्ष मुकेश वलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले संविधानमा लेखिएका अधिकारलाई जनताको न्यायसंग जोड्दै लैजानू पर्ने बताएका थिए । कार्यक्रममा राष्ट्रिय बाणिज्य संघका अध्यक्ष् यज्ञ पुन,प्रजातांत्रिक उधोग बाणिज्य संघ् बिजौरिका कोषाध्यक्ष चित्र बहादुर खड्का,नेकपा प्रदेश ५ का सदस्य अन्जान दहित लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण बिजौरी उधोग बाणिज्य संघका सदस्य बिदुरराज गौतमले गरेका थिए ।
प्रकाशित मिति : २०७६ असोज ३ गते शुक्रवार