२०८१ बैशाख ८ गते शनिवार

बधाई छ निशा

दाङ तुलसीपुरकी १७ बर्षीया निशा चौधरीको स्वागत तथा सम्मानमा सोमबार बिहान तुलसीपुरमा बाजागाजागासहित बिजय उत्सब मनाइयो । उनलाई पञ्चेबाजासहित गाडीमा राखेर नगर परिक्रर्मा गराइयो ।


निशा अध्यनरत तुलसीपुरस्थित ग्रेट अरनिको मावि तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ ले निशाको सम्मान तथा स्वागतमा यो सबै गरेको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ भेलाही गाउँकी निशालाई त्यसरी बजार परिकर्मा गराउनुको खास कारण छ ।


असार अन्तिममा भएको १२ औं (केन्द्रीय स्तरिय) राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा दूई ब्यक्तिगत र एक टिममा निशाले कीर्तिमान रच्न सफल भएर दुनियालाई चक्मा दिएकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै असार ३० गते नयाँ राष्ट्रिय कीर्तिमान आफ्नो नाममा दर्ता गर्न सफल भएकी हुन ।


यसअघिसम्म उक्त कीर्तिमान सिनियर खेलाडी एपीएफकी शिला चौधरीको नाममा थियो । शिलाले सन २०१८ अप्रिल २३ मा ५.४५ मिटरको राष्ट्रिय कीर्तिमान राखेकी थिइन । त्यस्तै निशाले मंगलबार एक सय मिटर दौडमा पनि राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी थिइन । १२।५३ सेकेन्डमा दौड पुरा गरि निशाले जुनियर तर्फको कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएकी हुन ।


यसअघि जुनियर तर्फको कीर्तिमान विपना परियारको नाममा थियो । उनले ५.०९ को टाइमिङमा स्पर्धा पुरा गरेकी थिइन । निशाले दुई सय मिटर दौडमा पनि स्वर्ण पदक जितेकी छिन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितमा निशाले टिम तर्फपनि कीर्तिमान बनाउन सफल भइन । निशासहित रेशु थारु, रामकुमारी थारु र सम्झना थारु सम्मिलित लुम्बिनीको टिमले ४ गुणा १ सय मिटर रिले ५४.२० सेकेन्डमा पूरा गर्दै जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको हो ।


यसअघिको कीर्तिमान तत्कालील पश्चिमाञ्चलको नाममा रहेको थियो । पश्चिमाञ्चल टिमले ५४.४० सेकेन्डको कीर्तिमान कायम गरेकोमा निशासहितको टिमलाई त्यसलाई तोड्दै लुम्बिनीको नाममा कीर्तिमान लेखाउन सफल भएको हो ।


जीवनमै पहिलो पटक काठमाडौंमा पुगेकी निशाले बिना प्रशिक्षण दुई ब्यक्तिगत बिधामा राष्ट्रिय कीर्तिमान र एउटा टिम बिधामा राष्ट्रिय कीर्तिमान कायम गरेर सबैलाई चकित तुल्याएकी हुन । उनले आफ्नो मात्रै हैन दाङको नामसमेत राष्ट्रिय खेलकुदमा सुनौलो अक्षरले कोर्ण सफल भएकी छिन् ।

गाउँमा जन्मिएकी गरिब परिवारकी निशाले प्राप्त गरेको सफलता चानचुने सफला हुँदै होइन । निशाकै शब्दमा दौडदा लगाउने जुत्ता किन्न नसकेर उनले एक जना साथी संग जुत्ता मागेर दशरथ रंगशालामा दौडिएर कीर्तिमान कायम गरेकी हुन ।
उनकी आमा चैतीका अनुासर एसइई उत्तिर्ण पछि निशालाई थप पढाउन संभव थिएन । त्यसैले उनले निशालाई पढाई छोड्न भनिसकेकी थिइन ।

कस्तो संयोग केही समय पछि निशाको घरमा अरनिको माविका शिक्षकहरु पुगेर प्रतिभावान निशालाई छात्रबृत्तिमा पढाउने बचन दिएका रहेछन् । त्यही कारण निशा अरनिकोमा पढनका लागि भर्ना भइन । कक्षा १२ को परीक्षा दिएर घरमै बसेकी निशालाई राष्ट्रपति रङिनशिल्ड आउन थालेपछि बोलाएर स्कूलले करिब २ हप्ता प्रशिक्षणमा राखेको थियो । त्यही आधारभूत तालिमकै भरमा उनले प्राप्त गरेको सफलता चानचुने हैन । एक्ले उनले चार स्वर्ण पदक जितिन ।


यस्ता प्रतिभावान खेलाडीलाई राज्यले बिशेष सम्मान र लगानी गर्न आवश्यक छ । गतिलो प्रशिक्षण पाउने हो भने १७ बर्षीया निशाले थप राम्रो गर्ने संभावना प्रबल छ । कीर्तिमानी एथलेटिक्स खेलाडी निशालाई सबैले साथ सहयोग र ढाडस दिन आवश्यक छ । हार्दिक बधाई छ निशा । तिम्रा सफलताका पाइलाहरु अगाडि बढी रहुन ।

प्रकाशित मिति : २०७९ साउन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *