पश्चिम दाङमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आफ्नो क्रियासिलता ब्यापक बनाउँदै लगेका छन् ।
बिहीबार मात्रै पूर्व सिंचाई मन्त्रीसमेत रहेका नेता गिरी पश्चिम दाङका तीन वटै गाउँपालिकाका प्रमुखसहितको दलबलसहित तुलसीपुरस्थित बिद्युत बितरण कार्यालय कार्यालय सुरु हुना साथ पुगे । बुधबार बिहानै उनी आँफैले २०४७ सालमा स्थापना गरेको पश्चिम दाङकै एक मात्रै सामुदायिक क्याम्पस राप्ती बबइमा पुगेर प्राध्यापकका कुरा सुने ।
बिद्युत सेवाबारे सर्वसाधारणको ब्यापक गुणासोको आधारमा नेता गिरी आँफै बिद्युतमा दलबलसहित पुगेका हुन । गृह जिल्लामा सेवाग्राहीसहित उनीहरु संगै आँफुसमेत कुनैपनि कार्यालयमा पुगेको सायद यो पहिलो घटना हो । जस्ले गिरीको परिवर्तित छबि र ब्यक्तित्व बुझ्न सहज हुन्छ ।
उनको कुरा यत्तिमा मात्रै सिमित छैन । गिरीले आफ्नो सक्रियता पश्चिम दाङमा ब्यापक बनाउँदै लगेका छन् । उनीमाथि निर्वाचनको समयमा मात्रै दाङमा आउँछन भन्ने एउटा प्रमुख आरोप पार्टी पंक्ति भित्रैको पनि हुन्थ्यो । तर, अघिल्लो निर्वाचनमा पराजय बेहोरेपछि नेता पटक – पटक जन्मथलो र गृहजिल्ला आउने गर्छन । पहिला पहिला उनी आएपछि थपक्कै घरमा बस्थे ।
भेट्न कार्यकर्ता र मानिसहरु घरमै आउँथे । अब उनी आँफै बस्तिबस्ती र गाउँ घरमा पुग्ने गर्छन । स्थानीयका कुरा गाउँ ठाउँमै गएर सुन्छन् । घरमा आएर थपक्क कहिलै बस्दैनन् । दिनहुँ कहिले भेटघाटमा दौडिरहन्छन् । निर्वाचनको समय जस्तै कुदीरहन्छन् । बिगत केही बर्ष यताको उनको सक्रियता एउटा जनप्रतिनिधको भन्दा लोभलाग्दो छ । कहाँ के को अभाव छ रु भनसुन गर्न सक्ने जति कुरा गरिदिन्छन् ।
उनको स्वभाव नबुझेका र नजिकबाट नचिनेका मानिसहरु पहिले पहिले नेता गिरीलाई जतिखेरपनि कालो चश्मा लगाइ रहने र सबैसंग राम्रोसंग खुलेर बोल्नपनि मन नगर्ने ‘घमण्डी’ नेताको संज्ञा दिने गर्थै ।
सर्वसाधारणसंग घुलमिल गर्ने सीप नभएका र सहर बजारियाबाट मात्रै घेरिने स्वभावका नेता भएको दोषारोपन गर्थे । तर, पछिल्लो समय नेता गिरीले आफ्नो बिगतको ब्यबहारमा ब्यापक बदलाप ल्याउँदै गरेको संकेतहरु देखिएका छन् । सकभर कुनै कुरा वा गुनासो लिएर आउनेहरुलाई पहिले जस्तो अरुको मुखबाट सुन्दैनन् । आँफै सुन्छन् र आँफै गफिन्छन् ।
उनी गुटका कुरापनि सुन्न चाहान्नन् । अरुको आलोचनापनि गर्दैनन् । कसरी काँग्रेस बलियो बन्छ र आँफुले राम्रो गर्न सकिन्छ भन्ने चिन्तन बाँड्छन् । सर्वसाधारण कार्यकर्ता र आम नागरिकले नेताबाट खोज्ने ब्यबहार यस्तै नै हो । जति सक्यो सरल र सहज । संभव हुने कुराहरु गर्न तयार हुने र नहुने कुराहरु बारे गलत आश्वासन नबाँड्ने ।
नौं महिने मन्त्री हुँदा नेता गिरीले दाङको कृषी प्रणाली सुधारका लागि दर्जनौं डीप बोरिङहरु खन्न लगाए । शारदाको पानी दाङमा ल्याउने योजनाको साथ बृहत सिंचाई परियोजनाको कल्पना गरे । पुल पुलेशा निर्माण गरे । तर, काँग्रेस र स्वएंम गिरीले पनि त्यसको जस लिन जानेनन् । सकेनन् वा जस लिन होडबाजी गरेनन् ।
जेहोस – गिरीमा देखिने बदलाप निकै सकारात्मक मान्न सकिने उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । ‘उहाँ कसैका प्रति षडेन्त्रका तानाबाना बुन्ने कुटिल स्वभावको नेता हैन,’ ती ब्यक्तिले भने ‘ बरु उहाँका केही विश्वास पात्रबारे पार्टी पंक्ति भित्रै निकै नकारात्मक कुरा हुने गर्छन ।’
त्यो तथ्य मनन गरेरै दीपक गिरीमा सकरात्मक र भावनात्मक हुने खाले बदलाप आएको उनले तर्क गरे । बरु युवाको कुरा बढी सुन्ने उनीहरु संग तथ्य कुरा संकलन गर्ने अभ्यासमा गिरी लागेको उनको बुझाई छ । समय परिवर्तन सिल छ । पछिल्लो समय स्वतन्त्र उम्मेदवारले पनि ठाउँ ठाउँमा बाजी मारेका प्रसस्तै उदाहरणहरु छन् ।
‘पराम्परागत सैलीले अब राजनीति हुँदैन । जनताको काममा खटिनु पर्छ र मन जित्नै पर्छ भन्ने बोध उहाँमा भएको यो स्पष्ट संकेत हो,’ उनले थपे ‘अन्नतह यो आगामी निर्वाचनमा मेरो सशक्त उम्मेदवारी हुन्छ भन्ने स्पष्ट संकेतपनि मान्नु पर्छ ।’ नेता गिरीले धेरै समय पहिलेदेखि नै आउँदो निर्वाचनको तयारी गर्दै आएको उनी ठान्छन् ।