
तुलसीपुर, असोज ३१ ।
पुँवार खड्का प्रतिष्ठान नेपालले शनिबार तुलसीपुरमा दशैं मिलन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरेको छ ।
पुँवार खड्का प्रतिष्ठान नेपालका उपशाखा तुलसीपुर नगर अध्यक्ष तर्णबहादुर खड्का (राजन) को अध्यक्षता र प्रतिष्ठानका केन्द्रीय अध्यक्ष आजाद खड्काको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पीमा वली खड्का, प्रतिष्ठानका केन्द्रीय सल्लाहकार जगतबहादुर खड्का, दाङ जिल्ला अध्यक्ष तिलकबहादुर खड्का, मालपोत कार्यालय तुलसीपुरका सेवा निबृत्त प्रमुख खिमबहादुर खड्का, कार्यसम्पादन मुल्याङकन बिभाग प्रमुख प्रेम खड्का, कुल पुजारी समन्वय बिभाग प्रमुख तोकमान खड्का लगाएतले मनतब्य ब्यक्त गरेका थिए ।
तुलसीपुर उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रमका बक्ताहरुले आफ्नो बंशाबली तयार पार्नुका साथै आफ्नो इतिहासको खोजी तथा अनुसन्धान गर्ने निर्णय गरेका छन् ।
कार्यक्रममा दुई दर्जन बढी जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गर्नुका साथै सम्मान पत्रपनि प्रदान गरिएको थियो ।





