२०८३ कार्तिक १ गते शनिवार

ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु

दाङ , असोज ३१ ।

कपिलवस्तुमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।


पूर्व–पश्चिम राजमार्गमा ट्रक र दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला शिवराज नगरपालिका–१ बनकसबासमा शनिबार बिहान करिब ९ ः ४० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ क ६६६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ८३ प ४४८४ नम्बरको मोटरसाइकललाई सुरुमा ठक्कर दिएको थियो । त्यसपछि त्यो मोटरसाइकल अनियन्त्रित भइ विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ३५८४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्नि पुगेको थियो ।
ट्रकले सुरुमा ठक्कर दिएको रा ३ प ३५८४ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको हो ।


हालसम्म अन्दाजी ३४ वर्षीय ती पुरुषको सनाखत भइ सकेको छैन । उनी मोटरसाइकलमा एक्लै सवार थिए ।
गम्भीर अवस्थाका उनलाई आधारभूत स्वास्थ्य सेवा अस्पताल, चन्द्रौटा पुर्‍याउना साथ बिहान १० बजे तिर चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यस्तै, अर्कौ मोटरसाइकल बा ८३ प ४४८४ नम्बरको मोटरसाइकल चालक दाङको गढवा गाउँपालिका–२ बचैयाका २३ वर्षीय दिलीपकुमार यादव र सोही मोटरसाइकलमा पछाडि सवार गढवा –१ हेठान गाउँका २१ वर्षीय अनिल योगी घाइते छन । उनीहरुको अवस्था सामान्ने रहेको जिल्ला प्रबक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।


उनीहरूको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइ रहेको पनि प्रहरीले जनाएको छ ।
ट्रक चालक पर्साको पोखरीया नगरपालिका – ६ सिरसियाका ३२ बर्षीय ओमप्रकाश महत्तो नियन्त्रणमा छन् ।
दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *