दाङ , असोज २६ ।
नेपाली कांग्रेसको उपसभापति पदमा तीन जना निर्वाचित भएका छन् ।
खुलातर्फको २ जना र समावेशीतर्फ १ जना गरी तीन उपसभापति निर्वाचित भएका हुन ।
खुला उपसभापतिमा चन्द्र भण्डारीले सबै भन्दा बढी ३ हजार ७३५ मतसहित निर्वाचित भए ।
आइतबार राति प्राप्त मत परिनाम अनुसार उपसभापतिमा बिजयी मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरे ।
उपसभापति पदका प्रतिष्पर्धीहरु गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरूङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका थिए ।
त्यस्तै समावेशी उपसभापतिमा विनोद चौधरीले १ हजार ७४५ मत प्राप्त गरि निर्वाचित भए । उनका निकटतम प्रतिष्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरे । चौधरी ८७ मतान्तरले बिजयी भएका हुन ।
उपसभापति पदका अन्य प्रतिष्पर्धीहरु मध्य फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरूङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरे ।
महिलातर्फ उपसभापतिमा पुष्पा भूसाल यसअघि नै निर्विरोध निर्वाचित भइ सकेकी थिइन ।
त्यस्तै खुला महासचिव पदमा प्रदीप पौडेलले सर्वाधिक मत प्राप्त गरे ।
पौडेलले ४ हजार १९४ मत प्राप्त गरि निर्वाचित भएका हुन ।
त्यसपछि उदयशम्शेर राणाले बढी मत प्राप्त गरे । राणाले २ हजार ३३० मत प्राप्त गरि निर्वाचित भए ।
खुल्ला महासचिव पदमा अन्य प्रतिष्पर्धीहरु सुनिलकुमार शर्माले २ हजार २५७ मत प्राप्त गरेका थिए । राणा र शर्माको बीच जम्मा ७३ मतको फरक छ । सोही पदका अन्य उम्मेदवारहरु गुरूराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले जम्मा ९७ मत मात्रै प्राप्त गरे । ।
त्यस्तै महिला महासचिवमा डिला संग्रौला निर्वाचित भइन ।
महिला महामन्त्रीमा संग्रौलाले ३ हजार ११८ मत प्राप्त गरिकी थिइन । निकटतम प्रतिष्पर्धी भन्दा संग्रौला २५४ मतान्तरले विजयी भएकी हुन् । निकटतम प्रतिष्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गरेकी थिइन ।
अर्की प्रतिपपर्धी रीता खनालले ८०४ मत प्राप्त गरेकी थिइन ।
