२०८३ कार्तिक १ गते शनिवार

अटो दुर्घटनामा परि २ जनाको मृत्यु, ३ जना घाइते


दाङ , असोज ३१ ।


जाजरकोटमा अटो दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । थप तीन जना गम्भीर घाइते भएका छन् ।


दुर्घटनामा परि जिल्लाको नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र सोही ठाउँका ५५ वर्षीय रमेश विकको मृत्यु भएको छ ।
उनीहरु दुबै जनाको उपचारका क्रममा मध्यान्ह सवा १२ तिर नगर अस्पताल दल्लीमा मृत्यु भएको जिल्ला प्रबक्ता प्रहरी निरीक्षक सुधिरराज खड्काले जानकारी दिए ।


दुर्घटनामा परि नलगाड –२ डाँडा गाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड –३ कड्केका २८ वषीृय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका २२ वर्षीय करण परियार घाइते छन् । तीनै जना घाइतेलाई नगर अस्पताल दल्लीको प्रारम्भीक उपचारका पछि थप उपचारका लागि बाँकेको नेपालगंजका लागि रिफर गरिएको प्रहरीले जनाएको छ ।
तीनै जना घाइतेको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ ।

शनिबार बिहान करिब सवा ११ ः १५ बजेतिर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीबाट छिमेकी जिल्ला जाजरकोटको नलगाड –१२ तल्लु बगरतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भइ सडकबाट करिब ६५ मिटर तल खसेको थियो ।
जाजरकोट–डोल्पा सडक खण्डको भेरी करिडोर अन्तर्गत नलगाड नगरपालिका–८ मालुवामा अटो दुर्घटना भएको थियो ।
दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *