२०८३ जेष्ठ २० गते बुधवार

लुम्बिनीका ४ मन्त्रीले दिएको राजीनामा स्वीकृत

तुलसीपुर, जेठ २० ।

लुम्बिनी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीले दिएको  राजीनामा स्वीकृत भएको छ ।

बुधबार नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा बुझाएका थिए ।

 भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम बहादुर सारु तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा चौधरीले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष दिएको राजीनामा स्वीकृत भएको छ ।

बजेटको समयमा एमालेले मन्त्रीहरु फेर बदल गरेको भन्दै आलोचना भइ रहेको छ ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी भइरहेको छ । लुम्बिनीमा  साउन १ गतेदेखि मन्त्रालयको संख्या १२ बाट घटाएर ८ कायम गर्ने निर्णय यसअघि नै भइ सकेको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *