२०८३ जेष्ठ १५ गते शुक्रवार

बालपोषण भत्ता दोब्बर बनाउने घोषणा


दाङ, जेठ १५ ।
सरकारले नयाँ आर्थिक वर्षदेखि बालपोषण भत्ता दोब्बरले बृद्धि गर्ने घोषणा गरेको छ ।
हाल सरकारले बालपोषण भत्ता मासिक ५२२ रुपैयाँ प्रदान गर्दै आएको थियो । अब त्यस्ता बालबालिकाले आगामी आर्थिक वर्षबाट एक हजार रुपैंया पाउने भएका छन ।
सरकारले कुपोषण न्यूनीकरण र बालबालिकाको स्वास्थ्य सुधारका लागि लक्षित वर्गलाई पोषण भत्ता प्रदान गर्दै आएको छ।
मानव विकास सूचकांकमा पछि परेका मधेश, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरू तथा दलित समुदायका पाँच वर्ष मुनिका बालबालिकालाई यो भत्ता विवरण हुँदै आएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *