२०८३ बैशाख २८ गते सोमवार

बिमल रिजाल राश्वपामा प्रबेश

तुलसीपुर, वैशाख २७ ।
तुलसीपुरका लोकप्रिय युवा बिमल रिजाल राष्ट्रिय स्वतन्त्र पार्टी राश्वपामा प्रबेश गरेका छन् ।

काठमाडौंमा आइतबार राश्वपा पार्टी सभापति रबि लामिछाने रिजाललाई पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए । त्यसक्रममा सभापति लामिछानेले रिजाललाई पार्टीको लोगो अंकित ब्याजपनि लगाइ दिएका थिए ।
रिजालले बैशाख १६ गते नेपाली काँग्रेस त्यागेको घोषणा गरेका थिए । काँग्रेसको गत महाधिवेशनमा रिजालले दाङ क्षेत्र नं. ३ मा सर्बाधिक लोकप्रिय मत प्राप्त गरेका थिए ।
रिजाल युवा माझ लोकप्रिय छबि बनाएका ब्यक्ति हुन ।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका रिजालले बिगतमा भएका संसदीय निर्वाचनहरुमा नेपाली काँग्रेसका उम्मेदवारहरुको पक्षमा सकारात्मक माहोल सृुजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारहरु बताउँछन् । रिजालको राश्वपा प्रबेशलाई दाङको राजनीतिक बृत्तमा निकै चासोका साथ हेरिएको छ ।
रिजालका सहोदर भाइ तथा चाटर्ड एकाउन्टेन्ट भरत रिजालपनि राश्वपामा छन् ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *