नेपाली कांग्रेस दाङले भोलि शुक्रवार चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
दशैँ, तिहार तथा छठको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको जिल्ला कार्यसमितिले जनाएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थितीका लागि कांग्रेसका केन्द्रीय सदस्य, संघीय तथा प्रदेशसभा सदस्य, जिल्ला कार्य समिति, महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य, क्षेत्रीय, नगर, गाँउ, वडा तथा टोल कार्य समिति, जनप्रतिनिधि, भातृ तथा सुवेच्छुक संघसंस्थाका प्रतिनिधि लगायत कांग्रेसका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अनुरोध गरेको छ ।
जिल्ला सभापति किर्तिवहादुर खड्काले एक विज्ञप्ती निकालेर शुक्रवार दिउँसो १ बजे घोराही स्थित जिल्ला पार्टी कार्यालयमा कार्यक्रममा उपस्थितिकालागि सम्पूर्णमा अनुरोध गरेका छन ।
प्रकाशित मिति : २०७५ कार्तिक १५ गते बिहिवार