२०८३ असार २९ गते सोमवार

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्छ ः डा. महत

काठमाडौँ ,जेठ २ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा पार्टीले सहयोग गर्ने बताएका छन् ।

आज आयोजित पत्रकार सम्मेलनमा महतले सो कुरा बताएका हुन् । यो प्रकरणमा मुछिएपछि कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् ।

बालकृष्ण पक्राउ परेपछि उनकी पत्नी मञ्जु प्रतिनिधि सभा बैठकमा देखिएकी छैनन् । पति बालकृष्ण खाँणलाई भेट्न गएको पनि देखिएको छैन ।

डा. महतले मञ्जु खाँणलाई पार्टीले फलो नगरेको बताए । ‘मञ्ज खाँण कहाँ हुनुहुन्छ पार्टीले फलो गरेको छैन,’ प्रवक्ता डा. महतले भने, ‘दूधको दूध पानीको पानी आओस्। कांग्रेसले सहयोग गर्छ ।’

यो प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाले पनि निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनिरहेको डा। महतले जानकारी गराए ।

‘पार्टी सभापतिको मौनता छैन । निष्पक्ष र स्वतन्त्र अनुसन्धान होस् भनी भनिरहनु भएको छ । धेरै बोल्ने उहाँको बानी छैन,’ उनले भने ।

यो प्रकरणमा देउवा पत्नीसमेत रहेकी सांसद आरजु राणालाई पनि सामाजिक सञ्जाल र मिडिया ट्रायल गरेर दोषी देखाउन खोजिएको भन्दै उनले भने, ‘आरजु जीले आफैं प्रतिरक्षा गरिरहनु भएको छ ।’

प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *