२०८१ मङ्सिर १८ गते मङ्गलवार

दाङमा प्रेस यूनियनको नयाँ नेतृत्व चयन

नेपाल प्रेस युनियन दाङ शाखाले नयाँ नेतृत्व पाएको छ । युनियन दाङको मंगलवार घोराहीमा भएको सातौं अधिवेशनले सञ्तोष सुवेदीको अध्यक्षतामा सर्वसहमतिमा नयाँ कार्य समिति चयन गरेको हो ।

नव गठित कार्यसमितिको खुल्ला उपाध्यक्षमा नारायण खड्का, समावेशी उपाध्यक्षमा देव यादव, सचिवमा रमेश केसी (आरके शितल), कोषाध्यक्षमा प्रकाश डाँगी, सहसचिवमा शिवराज खनाल र महिला सहसचिवमा सपना बोहरा रहेका छन ।

त्यस्तै सदस्यहरुमा श्रीधर भुसाल, निरला अर्याल गैरे, शर्मिला डिसी, लिलाधर वली, सन्तोष केसी,उमा भण्डारी, देवी भण्डारी,पूर्णप्रकाश विश्वकर्मा,टेकबहादुर पुन,यमकला भुसाल, सुशिला वली,समिक्षा गाहा, ध्रुवराज न्यौपाने, श्रीराम दहित, ओमप्रकाश बसेल, प्रेम पुन, निर्मल नेपाली, सरिता चौधरी, सविता चौधरी,शिवराज बस्नेतलाई चयन गरिएको छ । यो कार्यसमितिको पदाबधी तीन वर्षको हुने छ ।

सरकारका गलत कामको खवरदारी गर्न आग्रह

यसैबीच नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले सरकार र कुनैपनि राजनीतिक दलका गलत कामको खवरदारी गर्न आग्रह गरेका छन् । सरकार प्रेसलाई कुण्ठित गर्ने गरी आफ्ना हर्कतहरु देखाइ रहेको भन्दै त्यो रवैया प्रति काँग्रेस चिन्तित रहेको र त्यसलाई काँग्रेसले दशैं पछि सशक्त ढंगले प्रतिरोध गर्ने गिरीले बताए ।

‘प्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो, त्यसका विरुद्ध प्रेस यूनियनले खवरदारी गर्ने पर्छ ।’ गिरीले भने । समाजप्रति उत्तरदायी भएर समाचार सम्प्रेशण गर्न आग्रह गरेका गिरीले पित पत्रकारीता नगर्न आग्रह गरे । मुलुक समृद्धि र विकासमा हिड्नु पर्नेमा वामपन्थिको दुई तिहाइको सरकारले मुलुकमा दण्डहिनता बढाएको र अपराधिहरुलाई संरक्षण गर्ने काम गरेको नेता गिरीको आरोप थियो । उनले निर्मला पन्तको हत्याराहरुलाई सरकारले संरक्षण गरेको दोषारोपन गरे । त्यसक्रममा गिरीले प्रजातन्त्र प्राप्तीको आन्दोलनका क्रममा सात बर्ष जेल जीवन वेथित गरेका दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिला निवासी स्वर्गीय शिव गिरीको नाममा एकलाख अक्षयकोष स्थापनाको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २०७५ असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *